ऋण खोजेर भएपनि सबैलाई खोप लगाउँछौ- प्रधानमन्त्री देउवा-Sutra News

ऋण खोजेर भएपनि सबैलाई खोप लगाउँछौ- प्रधानमन्त्री देउवा

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले जसरी पनि सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्ने बताएका छन् ।



शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘खोपको कुरा हाम्रो प्राथमिकता हो, ऋण लगाएर, सापट मागेर भएपनि हामी सबैलाई खोप पुर्याउछौं ।’ उनले भने ।

त्यस्तै उनले आफूलाई विश्वासको मत दिने सबै सांसदहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले सक्षम नेताहरुसँग आफूले सहकार्य गर्न पाएको भन्दै खुसिसमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट