काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फेरी बढ्यो, २४ घण्टामा थपिए ६१३ संक्रमित-Sutra News

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फेरी बढ्यो, २४ घण्टामा थपिए ६१३ संक्रमित

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 



मन्त्रालयका अनुसार काठमाडौंमा ४१०, ललिपुरका १३४ र भक्तपुरमा ६९ जनामा कोरोना पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १७ हजार ३०८ नमुना परीक्षण गरिएकोमा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १८ जनाको निधन भएको छ । 

हालसम्म नेपालमा ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट ९ हजार ६७९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट