काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई श्री पाँच महाराधिराज सरकारको संज्ञा दिएका छन् ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा शुक्रबार आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो बिषयक प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ओली पक्षका केही कार्यकर्ताहरुले १५-२० ओटा मोटरसाइकल जम्मा पारेर आफूलाई तर्साउन खोजेको तर त्यस्तो तर्साइबाट आफू कहिल्यै पनि नतर्सिने बताए ।
नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।
त्यस्तै ओलीले आफूहरुलाई आममाफी दिएको कुरा सम्झंदै उनले भने ‘श्री पाँच महाराधिराज सरकारले आफूहरुलाई ‘आममाफी’ दिने रे। वा वा..!’