राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?-Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ ।



‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो’, छलफलबारे सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।

भेटमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् विस्तारबारे पनि चासो राखेको बताइएको छ । सरकारमा माओवादी केन्द्र र कांग्रेसका गरी चार जना मन्त्री छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले जसपा र माओवादी केन्द्रका तर्फबाट मन्त्रीको नामावली पर्खिहरेका छन् ।

[प्रधानमन्त्री शेरबहादुर देउवाले सपथग्रहण गर्दाको तस्बिर । तस्बिर रासस ।]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट