दूरी कायम गरी सबै परीक्षा सञ्चालन गरिने-Sutra News

दूरी कायम गरी सबै परीक्षा सञ्चालन गरिने

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

तनहुँ- जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय  गरेकाे छ ।



परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ ।

परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु गराई लाइनमा हुनसक्ने भीड न्यूनीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

कोभिड सङ्क्रमित परीक्षार्थीको सहजताका लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन बिरामी सिआइसिटी परीक्षा फारम भर्न लगाई सङ्क्रमित फारम समितिलाई उपलब्ध गराउनुपर्नेछ ।

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीको हकमा अरु सामान्य परीक्षार्थीको परीक्षा शुरु भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेटपछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

‘त्यस्ता परीक्षार्थीलाई बेग्लै कोठा तथा बेग्लै शौचालयको व्यवस्थापन गर्ने र सङ्क्रमित परीक्षार्थीले प्रयोग गरेको सामग्री स्वास्थ्य कार्यालयको समन्वयमा सावधानीका साथ सङ्कलनको व्यवस्था मिलाउनेछ,’ उनले भने ।  सांकेतिक तस्बिर ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट