देशभर रगत अभाव भइरहेका बेला ६० जनाले गरे रक्तदान-Sutra News

देशभर रगत अभाव भइरहेका बेला ६० जनाले गरे रक्तदान

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

काठमाडौं- बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।



लायन्स क्लब अफ काठमाडौँको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको क्लवका अध्यक्ष लबेन्द्रसिंह मल्लले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ ।

क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । 

लायन्स क्बल अफ काठमाडौँ समर्पणले गत वर्ष कोरोना कहरको समयमा सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेर समाजसेवा गर्दै आएको थियो ।

दुई सय सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लबले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।

यस्तै, सोही क्लबले यो वर्ष विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएको अवस्थामा ललितपुरको जावलाखेलमा ‘जे एण्ड जे निःशुल्क कोभिड क्लिनिक’ स्थापना गरी समाजसेवा गर्दै आएको थियो भने चावहिलमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी, नेकपा (एमाले) का केन्द्रीय कार्यकारिणी सदस्य रवीन्द्रमान श्रेष्ठ, न्यूरोड पाको युवा क्लबका अध्यक्ष प्रवीनमान श्रेष्ठलगायतको सहभागीता थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट