माधव नेपाललाई योगेशको प्रश्न- अखिल फोर्स खोल्नुको औचित्य के हो ?-Sutra News

माधव नेपाललाई योगेशको प्रश्न- अखिल फोर्स खोल्नुको औचित्य के हो ?

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले युथफोर्स र अखिल फोर्स तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।



शुक्रबार सामाजीक संजालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।’ उनले लेखेका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई युथ फोर्स र अखिल फोर्सको के औचित्य छ भन्दै प्रश्न गरेका छन् ।

‘ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?’ उनले भनेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट