माओवादीका ४९ सांसद सबैले मन्त्री चाहिन्छ भनेपछि प्रचण्ड तनावमा, पोखे यस्तो दुख-Sutra News

माओवादीका ४९ सांसद सबैले मन्त्री चाहिन्छ भनेपछि प्रचण्ड तनावमा, पोखे यस्तो दुख

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

काठमाडौँ । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका ४९ जना नै मन्त्री बन्न रहर गरेको बताएका छन् ।



शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले पार्टीका सबैलाई मन्त्री बन्न इच्छा देखाएकोले आफू तनाबमा रहेकोसमेत बताए ।

उनीहरु सबैले मन्त्री बन्न चाहेको उल्लेख गर्दै उनले भने ‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो।’

‘मन्त्री बन्न दबाब दिने मानिसहरुको हलबाट आएको छु म, सबै ४९ जनालाई मन्त्री चाहिएको छ, हाम्रोबाट बनाउन मिल्ने जम्मा ७ जना होला’ उनले भने, ‘सबै ४९ जनालाई नै मन्त्री बनाइदिन्थे तर मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट