sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

अश्लील सामग्री काण्डमा मुछिएका भारतीय अर्बपति राज कुन्द्रालाई ७ वर्ष जेल सजाय हुनसक्ने

अश्लील सामग्री काण्डमा मुछिएका भारतीय अर्बपति राज कुन्द्रालाई ७ वर्ष जेल सजाय हुनसक्ने

सूत्र न्यूज

९ श्रावण २०७८
  • 514
    SHARES
  • अश्लील सामग्री काण्डमा मुछिएका भारतीय अर्बपति राज कुन्द्रालाई ७ वर्ष जेल सजाय हुनसक्ने

    अश्लील चलचित्र बनाएको आरोपमा चर्चित व्यवसायी राज कुन्द्राको गिरफ्तारी भारतीय सञ्चारमाध्यममा मुख्य समाचार बनिरहेको छ।

    images

    कुन्द्रा ब्रिटिश नागरिक हुन् र बलीवुडकी चर्चित नायिका शिल्पा सेट्टीका पति हुन्। उद्योगपति कुन्द्रा संसारकै सबभन्दा धनी क्रिकेट प्रतिस्पर्धा इन्डियन प्रिमियर लीगको एउटा टोलीका मालिक पनि हुन्।

    ४५ वर्षीय कुन्द्रालाई अश्लील सामग्री उत्पादन गर्ने समूहको 'प्रमुख सदस्य रहेको' र इन्टरनेटमा राखिएका यौन भिडियोमा अश्लील दृश्य दिन केही महिलालाई बाध्य बनाएको दाबी प्रहरीले गरेको छ।

    कुन्द्राले कुनै पनि गलत काम नगरेको बताएका छन्। उनका कानुनी सल्लाहकार आबाद पोन्दाले कुन्द्राको 'गिरफ्तारी गैरकानुनी' भएको बताएका छन्।

    फेब्रुअरीदेखि सुरु भएको अश्लील चलचित्रसम्बन्धी अनुसन्धानमा अहिलेसम्म नौ जना गिरफ्तार भएका छन्। गिरफ्तार हुनेमा अभिनेता, उत्पादक र कम्पनीका कार्यकारी रहेका छन्।

    आरोपितहरूले महिलालाई आकर्षित गर्न झुटा आश्वासन दिएको पनि प्रहरीले जनाएको छ।

    भाडामा लिइएको घरमा बनाइएका भनिएका भिडिओहरू त्यसपछि मोबाइल फोन एपहरूमा राखिएको थियो।

    यस्तो एपको चार लाख जति ग्राहक रहेको र उनीहरूले २०० देखि ४०० भारतीय रुपैयाँ मासिक तिर्ने गरेको बताइएको छ।

    प्रहरीका अनुसार कुन्द्रा ती अश्लील चलचित्र बनाउने एक कम्पनीका मालिक हुन्।

    कुन्द्रालाई उनकै मुम्बईस्थित विलासी छरबाट जुलाई २० तारिखमा गिरफ्तार गरिएको थियो।

    उनलाई धोकेबाजी, अश्लील सामग्रीहरू विक्री गरेको र 'असभ्य विज्ञापन गरेको' आरोप लगाइएको छ।

    भारतीय कानुन अनुसार अश्लील लगायत 'असभ्य' सामग्री छाप्नु वा प्रसारण गर्नु गैरकानुनी हो र सात वर्षसम्मको जेल सजाय हुन सक्छ।

    तर पनि यस्तो उद्योग भारतमा फस्टाएको बताइन्छ।

    अश्लील सामग्री उपभोग गर्ने भारतीयहरूको सङ्ख्या ठूलो भएको विश्वास गरिन्छ।

    पोर्नहबले सार्वजनिक गरेको सूचीमा अमेरिका र ब्रिटेनपछि त्यस्ता सामग्री उपभोग गर्नेमा भारत रहेको छ।

    इन्टरनेटका कारण भारतमा अश्लील सामग्रीको लोकप्रियता बढेको बताइन्छ।

    फेब्रुअरी ४, २०२१ मा अश्लील दृश्यहरू खिचिरहेको स्थानमा मुम्बईका प्रहरी अधिकारीहरू पुगेका थिए।

    प्रहरीले सोफामा दुईजना नाङ्गै बसिरहेको र एक महिलाले उक्त दृश्य खिचिरहेको पाएको बताएको छ।

    उक्त घरबाट मोबाइल फोन, ल्यापटप र क्यामेरा नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।

    दृश्य खिचिरहेकी महिलासहित पाँचजना गिरफ्तार गरिएको थियो। र उक्त दृश्य दिन बाध्य पारिएकी महिलाको उद्धार गरिएको प्रहरीले बताएका छ।

    त्यसयता भएको अनुसन्धानमा केही महिलाहरूले आफूलाई त्यस्तो दृश्य दिन बाध्य गरिएको भन्दै प्रहरीमा निवेदन दिएका छन्।

    दृश्य खिचिरहेकी महिलाले अनुसन्धानकर्ताहरूलाई हटहिट्स नामको एप आफ्नो स्वामित्वमा रहेको बयान दिएको प्रहरीले बताएको छ।

    बीबीसी

     

     


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १२:२९:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.