कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित, नयाँ कार्यतालिका सार्वजनिक हुँदै-Sutra News

कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित, नयाँ कार्यतालिका सार्वजनिक हुँदै

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।



शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित भएको एक नेताले जानकारी दिए ।

काँग्रेसका नेताहरुले भने महाधिवेशन कुनै पनि हालतमा समयमा नै गर्नुपर्ने बताउँदै आएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि तोकिएकै मितिमा गर्ने बताएका थिए ।

काँग्रेसमा क्रियाशील सदस्यको विवादका कारण अधिवेशन समयमा हुन् नसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट