sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

मन्त्री बनाउन चौतर्फी दबाब छ, एकदम तनावमा छु- प्रचण्ड

मन्त्री बनाउन चौतर्फी दबाब छ, एकदम तनावमा छु- प्रचण्ड

सूत्र न्यूज

९ श्रावण २०७८
  • 237
    SHARES
  • मन्त्री बनाउन चौतर्फी दबाब छ, एकदम तनावमा छु- प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्  ।

    images

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले  पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे ।

    मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उनको भनाइ छ ।

     नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उनले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताए ।

     पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उहाँले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने बताए ।

    “अहिले मलाई यति सकस परेका छ, माओवादीका ४९ सांसदलाई मन्त्री पद चाहिएको छ”, उनले भने , “हामीले धेरै पायाँै भने सात मन्त्रालय पाउने अवस्था हो, मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण म तनावमा छु ।”

    उनले  मुलुकलाई असफल बनाउने प्रयासविरुद्ध एक भएर लडेको गठबन्धलाई कमजोर बनाउन प्रयास भइरहेको बताए । पद पाए सो अवसरमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई कुनै लापरबाही गर्ने छुट नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेर जनपक्षीय काम गर्न पनि निर्देशन दिए ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १५:५४:४५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.