sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

किन समयमै हुन सकेन काँग्रेसको वडा अधिवेशन ?

किन समयमै हुन सकेन काँग्रेसको वडा अधिवेशन ?

सूत्र न्यूज

९ श्रावण २०७८
  • 303
    SHARES
  • किन समयमै हुन सकेन  काँग्रेसको वडा अधिवेशन ?

    नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

    images

     कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने उनले बताए ।

    कांग्रेस क्रियाशील सदस्यताको सुचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो । केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो ।

    पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा केन्दीय महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो । गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

     संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गते का लागि निर्धारण गरिएको छ ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १६:०१:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.