sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

यी हुन् कोरोनाको खोप कार्डको प्रमाणीकरण गर्ने चार अस्पताल [नामसहित]

यी हुन् कोरोनाको खोप कार्डको प्रमाणीकरण गर्ने चार अस्पताल [नामसहित]

सूत्र न्यूज

९ श्रावण २०७८
  • 214
    SHARES
  • यी हुन् कोरोनाको खोप कार्डको प्रमाणीकरण गर्ने चार अस्पताल [नामसहित]

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ ।

    images

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए ।

    उनले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गरिएको जानकारी दिनुभयो । थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भीड कम भएको छ ।

     यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भीड रहेको थियो । खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् ।

    उनले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्र्ने तयारीसमेत गरिएको जानकारी दिए ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - १६:०८:४९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.