फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा अश्विनी नियुक्त-Sutra News

फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा अश्विनी नियुक्त

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

काठमाडौ /फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनी कान्त झा लाई नियुक्त गरेको छ । छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले शनिबार आयोजित एक समारोहमा अश्विनी झालाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।



सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले बिगत डेढ दशक भन्दा लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचहरुमा मोडलिङ्ग, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफिको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गरेका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेको र उनलाई सल्लाहकारको रुपमा संस्थाले पाउँदा उनको सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाईनरका साथै यस फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताए ।

उनले विभिन्न प्रतिष्ठित पुरष्कार तथा सम्मानद्वारा सम्मानित कोरियोग्राफर अश्विनी झाले आफ्नो निजी जिन्दगीमा पाएको सफलता सरह नै आफ्नो सल्लाह सुझाब र मार्गदर्शनले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई सफल बनाउन सहयोग पुर्याउनेछन् भनि आशा व्यक्त गरे ।

यसै गरी सोहि कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले बिगत पाँच बर्षमा संस्थाले गरेका कार्यहरु र प्रगतीहरु सम्बन्धी पनि प्रकाश पारे ।

कार्यक्रममा कोरियोग्राफर अश्विनी झाले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई उक्त जिम्मेवारीको लागी योग्य ठानी दिनु भएकोमा धन्यबाद दिंदै कोरियोग्राफर र फेशन डिजाईनर एक अर्काको परिपुरक रहेको बताए ।

कोरियोग्राफर झाले आफ्नो बिगतको अनुभवलाई कोट्याउदै आफ्नो सुरुवाती मोडलिङ गर्दाको दिनहरु देखिनै उनलाई फेशन डिजाईनरहरुको एकदमै ठुलो साथ र सहयोग प्राप्त भएको आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेशन डिजाईनरहरुको साथ र सहयोग रहेको बताए ।

उनले वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेशन डिजाईनिङ्ग क्षेत्रका साथै मोडलिङ र ब्यूटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउदै अब छिट्टै नै हामी सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याई पुर्याउनेछौ भनि विश्वास व्यक्त गरे ।

कोभिड पुर्व समस्त नेपाली ब्युटी पेजेन्ट र फेशन जगतले विश्व मंचमा राम्रो उपस्थिती जनाउदै गरेको अवस्थामा अवको दिनहरुमा अझै सशक्त र परिस्कृत रुपमा नेपाली फेशन डिजाईनरहरुको उपस्थिति रहने छ भनी आशा व्यक्त गर्दै यसका लागि आफ्नो तर्फवाट हुने हरेक सहयोगको लागी हरपल तत्पर रहने पनि बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि कोरियोग्राफर झा लाई संस्थामा स्वागत गर्दै आ-आफ्नो मन्तब्य र धारणा राख्नुका साथै काउन्सिलको बिगतका ५ वर्षको उपलब्धी तथा कमि कमजोरीहरुको पनि समिक्षा भएको थियो । यसका साथै संस्थाको आगामी दिनहरुकोलागी कार्य योजनाको बिषयमा पनि छलफल भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट