काठमाडौं- प्रहरीले स्रोत नखुलेको ४० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार मध्यान्ह प्रहरीले झापा गाउँपालिका-२ का ५० वर्षीय गौरी मण्डललाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक राकेश थापाकाअनुसार मण्डललाई ४० लाख ३७ हजार ६७० रूपैयाँसहित झापा गाउँपालिका-२ बेलाइतिवारीबाट पक्राउ गरिएको हो ।
भारतबाट नेपाल आउँदै गरेका मण्डललाई इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।