sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवद्र्धन योजना

ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवद्र्धन योजना

सुत्र न्यूज

९ श्रावण २०७८
  • 321
    SHARES
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ ।

    images

    केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल (फेडा) मार्फत औसत खरिद दर तय गर्न भनेको छ ।

    केन्द्रीय बैंकले सो दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीले विप्रेषण प्रयोजनाका लागि समानरूपमा विनिमय दर कायम गर्नुपर्ने उल्लेख गरेको छ ।

    त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ । विप्रेषण कारोवार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्नेछ ।

    इजाजतप्राप्त कम्पनीले इजाजतप्राप्त गर्दा पेश गरेको सम्झौतामा उल्लेख नगरी विदेशी सेवा प्रदायकलाई कुनै पनि प्रकारको वित्तीय तथा गैरवित्तीय सेवा सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    विप्रेषण कारोवार गर्ने इजाजत प्राप्त कम्पनीले नगद धरौटी लिई सबएजेण्ट नियुक्ति गरेको भए सो नगदको सट्टामा जमानत प्रयोजनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

    केन्द्रीय बैंकले विप्रेषण कारोवारलाई थप व्यवस्थित गर्न उक्त निर्देशन दिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए । 


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - २१:१३:५०

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.