काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर सामान्य बदलीसँगै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मनसुनी प्रणाली सामान्यतर्फ उन्मुख भएकाले केही दिन लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ ।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबारबाट भने उच्च पहाडी र हिमाल छोएका जिल्लामा वर्षा हुने सम्भावना रहेको छ ।