काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनका लागि वडा अधिवेशन समयमा नै नहुने भएपछि त्यसको विषयमा आगामी रणनीति बनाउनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलेले आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् ।
बैठक आज मध्यान्ह १२ बजे महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बस्ने एक नेताले जानकारी दिए ।
आजको बैठकमा वडा अधिवेशन स्थगितपछिको अवस्था, समूहको अगामी रणनीति र क्रियाशील सदस्यता वितरण सम्बन्धमा छलफल हुने भएको छ ।
शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मंगलबारका लागि तोकिएको वडा अधिवेशन स्थगित गर्ने निर्णय गएको थियो ।
कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि तोकिएको मितिमा महाधिवेशन हुने संभावना कम देखिएको छ ।