काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलेल पार्टीका अर्का नेता माधवकुमार नेपालले चुनावी घोषणा बिर्सेर नेपाली काँग्रेसलाई सट्टा सुम्पिएको आरोप लगाएका छन् ।
आइतबार सामाजीक संजाल फेसबूकमा लेख्दै नेता पोख्रेलले यस्तो आरोप लगाएका हुन् ।
‘चुनावी घोषणा पत्र र जनता बीच गरिएको वाचाकवोल विर्सिएर जनताले प्रतिपक्षमा राखेको नेकाँलाई सत्ता सुम्पने ठुला नेताका कुरा नै ठुला !’ उनले लेखेका छन् ।
माधव पक्षका २३ सांसदहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गरेका थिए ।
अदालतको परमादेशपछि अहिले देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।