शिखर टेलिभिजनको अध्यक्षमा शेखर खनाल-Sutra News

शिखर टेलिभिजनको अध्यक्षमा शेखर खनाल

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । केही समयपछि संचालनमा आउँदै गरेको ‘शिखर टेलिभिजन’को अध्यक्षमा शेखर खनाल छनोट भएका छन् । खनाललाई केही दिनअगाडी टेलिभिजनको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो ।  



खनाल नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुँदैं आइरहेको पुर्वाधार विकाससँग सम्बन्धी एक मात्र टेलिभिजन कार्यक्रम विकास र वहसका प्रस्तोता, निर्माता एवम निर्देशकसमेत हुन् ।

उनले रंगमञ्च क्षेत्रका साथै चलचित्र निर्देशक एवम् हाँस्यव्यङग्यमा भूमिका निर्वाह गरिसकेका छन् ।

नयाँ ढंग र सोचका साथ टेलिभिजनमार्फत पत्रकारितामा छिर्न लागेको उनले बताएका छन् ।

उनी एक समय निकै चर्चामा आएको हाँस्य टेलिश्रृंखला ‘झ्यांईंकुटी’ मा भुइकटरको नामबाट निकै चर्चामा  पनि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट