जसपा विवाद- ठाकुरले दिएको रिटको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा हुँदै-Sutra News

जसपा विवाद- ठाकुरले दिएको रिटको सुनुवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा हुँदै

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । निर्वाचन आयोगले जसपा विवादबारे दिएको आदेशको विरुद्धमा जसपा अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमाथिको सुनुवाई सर्वाेच्च अदालतमा शुरू भएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा रिटको सनुवाई शुरू भएको हो ।



दुवै पक्षलाई राखेर छलफल गराउँदा सहमति नजुटेपछि आयोगले इजलास नै गठन गरेर आधिकारिकता विवाद छिनोफानो गर्ने प्रक्रिया सुरु गरेको थियो।

यता (जसपा) को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा सनाखत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको थियो ।

पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको निर्वाचन आयोगले गर्ने भनेको सनाखत रोक्न माग गर्दै महन्थ पक्ष सर्वोच्च पुगेको हो ।

आयोगले भने आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर आयोगले बिहीबारमात्र पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूलाई साउन ११ गते ११ बजे आयोगमा बोलाउने निर्णय गरेको थियो ।

जसपाको हालको समीकरणमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा छ ।

अहिलेकै समीकरण अनुसार ‘हेड काउन्ट’ भए आफूहरूले आधिकारिकता पाउने उपेन्द्र पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट