एमाले विभाजन रोक्न कार्यदलका नेताहरुसँग छलफल हुँदै-Sutra News

एमाले विभाजन रोक्न कार्यदलका नेताहरुसँग छलफल हुँदै

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । एमाले विभाजन रोक्नका लागि दोस्रो तहका नेताहरुले आज छलफल गर्ने भएका छन् ।



एक नेताका अनुसार बैठक आज दिउँसो सिंहदरबारमा बस्नेछ ।

एमालेको एकता कायम राख्नका लागि पार्टीका शीर्ष नेताहरुलाई दोसो तहका नेताहरुले दबाब दिँदै आएका छन् । आज हुने बैठकमा सांसदहरुले १० बुँदे सहमतिको बारेमा छलफल गर्न लागेका हुन् ।

कार्यदलले तयार परेको १० बुँदे सहमति एमालेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरिसकेको छ ।

कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट