नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले आफूले राजीनामा दिनुको मुख्य कारण वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ रहेको उल्लेख गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसीका कोचिङ प्रशिक्षकसमेत रहेका अब्दुल्लाहलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनलाई एन्फाको प्राविधिक समितिले प्रशिक्षकका रूपमा सिफारिस गरेको थियो।