दाङमा मोटरसाइकल दुर्घटना- २९ वर्षीय युवकको मृत्यु-Sutra News

दाङमा मोटरसाइकल दुर्घटना- २९ वर्षीय युवकको मृत्यु

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ ।



लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो ।

मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट