काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्न सिडिओहरुको बैठक बस्दै-Sutra News

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्न सिडिओहरुको बैठक बस्दै

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको छ ।



एक अधिकारीका अनुसार बैठक आज अपराह्न ४ बजे बस्नेछ । उनले केही नियमहरु थप गरेर निषेधाज्ञालाई अझै लम्ब्याउने संभावना रहेको बताएका छन् ।

साउन १ गतेबाट थपिएको निषेधाज्ञा सोमबार सकिँदैछ। अहिले कायम रहेको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर खोल्न दिइएको छैन ।

तर अहिलेको निषेधाज्ञा पहिलेको भन्दा धेरै खुकुलो भइसकेको छ । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा कोरोना संक्रमितहरु थपिएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि सतर्क रहन आग्रह गरिसकेको छ ।

यस्तै यातायात व्यवासायीको चर्को दबाबबका कारण उपत्यकाको प्रशासनले अस्तिदेखि लामो दूरीका सार्वजनिक यातायात पनि चल्न दिने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट