शनिबार बसेको पदाधिकारी तथा पुर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ ।
बैठक अहिले महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा जारी छ ।
आजको बैठकमा छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत र अर्जुननरसिंह केसीलगायत नेताहरु सहभागी छन् ।
बैठकमा वडा अधिवेशन स्थगितपछिको अवस्था, समूहको अगामी रणनीति र क्रियाशील सदस्यता वितरण सम्बन्धमा छलफल हुने भएको छ ।
शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले मंगलबारका लागि तोकिएको वडा अधिवेशन स्थगित गर्ने निर्णय गएको थियो ।
कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि तोकिएको मितिमा महाधिवेशन हुने संभावना कम देखिएको छ ।