यातायात व्यवसायीहरुले सरकारलाई बुझाए चाबी, माग पुरा नगरे कडा आन्दोलनको चेतावनी [पत्रसहित]-Sutra News

यातायात व्यवसायीहरुले सरकारलाई बुझाए चाबी, माग पुरा नगरे कडा आन्दोलनको चेतावनी [पत्रसहित]

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । यातायात व्यवसायीहरुले सवारीको चाबी प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन्।



उनीहरुले आज आइतबार काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीमार्फत सरकारलाई चाबी बुझाएका हुन् ।

उनीहरुले चाबीसँगै एउटा ज्ञापनपत्र पनि बुझाएका छन् । जसमा खोपको व्यवस्था मिलाउन, भाडा समायोजन गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।

आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

उनीहरुले व्यवसायीहरुले एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने, यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने लगायतका मागहरु राखेका छन् ।

यातायात व्यवासायीहरुको चर्को दबाबका कारण केही दिनअगाडीबाट सरकारले लामो दूरीका सार्वजनिक यातायातहरु चल्न दिने निर्णय गरिसकेको छ तर अन्य धेरै कुराहरुलाई सरकारले बेवास्ता गरेको भन्दै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

Yatayat-1-849x1024.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट