प्रतिगमनको मतियार भएर यहाँ नबस- माधव, बाटो नबिराउ, फर्केर यतै आउ- ओली-Sutra News

प्रतिगमनको मतियार भएर यहाँ नबस- माधव, बाटो नबिराउ, फर्केर यतै आउ- ओली

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको अभिव्यक्तिले एमालेका सांसदहरु दोधारमा परेका छन् ।



ओलीले माधव पक्षमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा आउन आग्रह गरेका छन् भने नेपालले ओलीको पक्षमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा आउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले केपी ओली पक्षका सांसद नारदमुनि रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न भनेका छन् ।

त्यस्तै यता आज एक भर्चुअल बैठकमा ओलीले माधव पक्षका सांसदहरुलाई बाटो नबिराइकन आफ्नो पक्षमा बोलाएका छन् ।  “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उनले भने  , “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले भने , “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उनले भने, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट