काठमाडौँ । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका नेताहरुको भनाभन भएको छ ।
आइतबार बसेको बैठकमा सांसद माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाबीच भनाभन भएको थियो ।
आजको बैठकमा ओली पक्षका सांसद रानाले नेता माधव नेपालप्रति व्यंग गर्दै एमाले भन्दा बाहिर गएको टिप्पणी गरेका थिए ।
बैठकमा दुवै पक्षका नेताहरुबीच भनाभन गरेपछि मुख्य विषयमा नै प्रवेश नगरी बैठक स्थगित भएको छ ।