काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा गर्ने निर्णय-Sutra News

काठमाडौँ उपत्यकामा थप १० दिन निषेधाज्ञा गर्ने निर्णय

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौं । उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।



यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबारदेखि सकिने भएकोले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन नपाइने भनिएको छ ।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट