थप २ हजार २३७ जनामा कोरोना संक्रमण, १८ जनाको गयो ज्यान-Sutra News

थप २ हजार २३७ जनामा कोरोना संक्रमण, १८ जनाको गयो ज्यान

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



आज १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा थप २ हजार ५० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट