काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटीको बैठकमा पार्टीका उपाध्यक्ष भीम रावल उपस्थित भएका छन् ।
आइतबार शंखमुलमा बसिरहेको नेपाल समूहको स्थायी कमिटी बैठकमा रावल सहभागी भएका हुन् । यसअघि गत बिहीबार स्थायी कमिटी बैठकमा निमन्त्रणा पुगे पनि उनी सहभागी भएका थिएनन् ।
उनी त्यतिबेला सहभागी नहुँदा गुट फेरिएको आशंका गरिएको थियो ।
नेता रावलले अघिल्लो आइतबार सांसद पदबाट राजीनामा दिएका थिए तर उनले नेताहरुको चर्को दबाबपछि राजीनामा फिर्ता गरिसकेका छन् ।