निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन, फाँसीको सजाय माग-Sutra News

निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन, फाँसीको सजाय माग

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौं- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । २०७५ साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको तर, घटनाको तीन वर्ष पुरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतिघरमा प्रदर्शन गरेको हो ।



उनीहरुले मुलुकमा महिला हत्या हिंसा घटनामा कमी नआएको भन्दै नारावाजी गरेका थिए । त्यस्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले संविधान नै संशोधन गरी बलात्कार र हत्या गर्नेलाई फाँसीको सजाय दिनुपर्ने बताएका थिए ।

घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट