काठमाडौं- नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा अरु मन्त्री र मुख्य सचिवको उपस्थिति थियो । शपथ ग्रहण लगत्तै उनले स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।
राज्यमन्त्री श्रेष्ठले खोपको व्यवस्थापन नै अहिलेको आफ्नो प्राथामिकता भएको बताए ।
‘मेरो पहिलो प्राथमिकता खोपको व्यवस्थापन हो । म त्यसमा लाग्छु । गरिबलाई स्वास्थ्य सेवा दिनु छ । कोरोनाको तेस्रो लहर आउन नदिन म पूर्वतयारीमा जुट्छु,’ उनले भने ।
यससँगै देउवा क्यािवनेटमा ५ जना मन्त्री पुगेका छन् ।