काठमाडौं- नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोपलाई दिने बताएका छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएलगत्तै राज्यमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।
राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि पूर्वतयारीलाई तीव्रता दिने पनि बताए ।
उनले भने, ‘महामारीसँग कसरी जुध्ने भन्ने विषयमा विज्ञ तथा विशेषज्ञसँग छलफल गछौं । व्यवस्थापकीय पक्षमा लामो समयसम्मको अनुभव छ मेरो । सबैसँग मिलेर महामारीसँग जुध्छौँ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
याे पनि,
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पद तथा गोपनीयताको लिए शपथ