कोरोनाको तेस्रो लहरको नियन्त्रण गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय-Sutra News

कोरोनाको तेस्रो लहरको नियन्त्रण गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौं- केन्द्रीय सुरक्षा समितिको बैठकले कोरोना संक्रमणको तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेकाले यसको रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ ।



गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले ३ बुँदे निर्णयमा कोरोनाको तेस्रो लहर नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहने बताएको हो ।

गृहसचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललगायत सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयहरू

१. केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो । त्यस्तै जनताको स्वास्थ्य सम्बन्धि स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने निर्णयसमेत गरेको छ ।

२. बैठकले बाडीपहिरो र डुबानमा परेका समुदायहरुलाई राहतरउद्दार र नियत्रण स्वास्थ तथा खाद्य सामग्री सहजीकरण गर्न हेलि ब्यबस्थापन गर्ने समेत निर्णय गरेको ।

३.पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्ने समेत केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । समितिले गरेको निर्णयमा साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियत्रण गर्नेु उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट