लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वरमा समावेश गीत ‘पहिलो माया’ [भिडियो]-Sutra News

लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वरमा समावेश गीत ‘पहिलो माया’ [भिडियो]

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौं- लक्ष्मण शर्मा र प्रविशा अधिकारीको स्वरमा समावेश गीति भिडियो ‘पहिलो माया’ सार्वजनिक भएको छ ।



ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गीतले प्रेमिल भाव बोल्छ । पहिलो पटक गायनमा पाइला अघि बढाएका शर्माले डेब्यू गायनमै संभावनावान क्षमता पस्केका छन् ।

गीतमा शब्द संगीत दुबै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् । प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो ।

भिडियोतर्फ गायक शर्मा स्वयंम फिचर्ड रहँदा उनको अपोजिटमा मोडल अस्मिता पन्तले जोडी बाँधेकी छिन् ।

गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ ।

भिडियोलाई छायांकन पनि फराजले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट