निर्मला पन्तकाे हत्या प्रकरण: चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन-Sutra News

निर्मला पन्तकाे हत्या प्रकरण: चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

आइतबार, १० साउन २०७८

आइतबार, १० साउन २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याबारे चासो राखेका छन् ।



पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग चासो राखेका हुन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिए ।

देउवाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।

साउन १० २०७५ मा उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी पन्तको बलात्कार र हत्या भएको थियो ।

घटना भएको तीन वर्ष पुरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट