काठमाडौं- सोमबार कोशी, नारायणी, महाकाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ ।
बाढी पूर्वानुमान महाशाखाकाअनुसार सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने छ ।
श्रावण ११
कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरू बिषेशगरी सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कर्णाली र यस्का सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान छ। pic.twitter.com/xl16vSG9so— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 26, 2021
महाशाखाले कर्णाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।
हेर्नुहाेस् याे सूचना