जसपा विवाद- ‘हेड काउन्ट’ हुने भएपछि रेशम चौधरी पनि निर्वाचन आयोग जाँदै-Sutra News

जसपा विवाद- ‘हेड काउन्ट’ हुने भएपछि रेशम चौधरी पनि निर्वाचन आयोग जाँदै

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी आज निर्वाचन आयोग जाने भएका छन् ।



जसपामा आधिकारिकता विषयमा टुंगो लगाउन निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई लागि निर्वाचन आयोग बोलाएसँगै उनी निर्वाचन आयोग जान लागेका हुन् ।

हालसम्म उनले कसले पक्षलाई समर्थन गर्छन भन्ने कुरा अन्यौलमा रहेको छ ।

कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।

यादव पक्षले आफूसँग कार्यकारिणी परिषदका सदस्यको बहुमत रहेको दाबीसहित असार ४ गते आधिकारिकताका लागि निवेदन दिएका थिए। आयोगले दुवै पक्षलाई राखेर सहमति गराउने प्रयास गर्दा सफल नभएपछि इजलास गठन गरेर सुनुवाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट