काठमाडौँ । चर्चित लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई नेकपा (एमाले)का नेता एवं सांसद महेश बस्नेतले धम्की दिएका छन् ।
सामाजीक संजालमार्फत संग्रौलाले आफूलाई बस्नेतले धम्की दिएको बताएका हुन् । उनले आफूलाई ‘साइबर सेना’ लाएर तह लगाउने धम्की दिएको बताएका छन् ।
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बदनाम गरेर,कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला । धन्य ओली सर !’ उनले लेखेका छन् ।
शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका पराेक्ष धम्की झेलेकाे थिएँ।अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।तह लाउने बदनाम गरेर,कुटेर हाे कि मारेर हाे?याे अति उदार र सहिष्णु ओली सरकाे आदेशबमाेजिमकाे धम्की त हाेला।धन्य ओली सर!
— Khagendra Sangroula (@belakoboli) July 25, 2021