काठमाडौँ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता रघुविर महासेठले आज पार्टीको पछिल्लो अवस्थाबारे बोल्ने भएका छन् ।
आज रिपोर्टर्स क्लव नेपालमा हुने एक कार्यक्रममा पार्टी भित्रको विवाद , कार्यदलको प्रतिवेदन लगायतका समसामयिक विषयमा सम्बोधन गर्ने भएका हुन् ।
एमालेमा अहिले विवाद उत्पन्न भएको छ । एमाले एकताका लागि दोस्रो तहका नेताहरुले पनि सक्रियता देखाउँदै आएका छन् ।
महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन् ।