जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादवले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
निर्वाचन आयोगले (जसपा) को आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएसँगै उनीहरुले सक्कली नागरिकता सहित सनाखत गरेका हुन् ।
आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि कानूनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो।
निर्वाचन आयोगमा अहिले नेताहरु पुग्ने क्रम जारी छ । सर्वोच्च अदालतले जसपाका अध्यक्ष महन्थ ठाकुरले हालेको रिटमा अन्तरिम आदेश नदिएसँगै उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाउने देखिएको छ ।