जसपा फुटेको छैन – महेन्द्र राय यादव-Sutra News

जसपा फुटेको छैन – महेन्द्र राय यादव

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षका नेता महेन्द्र राय यादवले पार्टी नफुट्ने दाबी गरेका छन् । आज निर्वाचन आयोगमा पार्टी आधिकारिकताका लागि सनाखत गर्न पुगेका यादवले केही नेताहरू चोइटिएर जाने तर पार्टी नफुट्ने बताएका हुन् ।



‘जसपा फुटेको छैन,’ यादवले सञ्चारकर्मीहरूसँग भने, ‘हाम्रो पक्षमा बहुमत छ । कतिपय साथीहरू आधिकारिक जसपामै आउनुहुन्छ भन्ने लाग्छ ।’

उनले केही पात्रहरू महन्थ ठाकुरतिर गएको तर पार्टी एक रहेको बताए ।

‘केही पात्रहरू जानु भएको छ, पार्टी फुटेको होइन । कार्यकर्ताहरू एकताको पक्षमा छ । यो पार्टीको एकता भनेको ऐतिहासिक एकता हो,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट