आयोगमा एक्लिँदै महन्थ र राजेन्द्र, आफैंनिकटका अधिकांश नेताहरू उपेन्द्र यादवको पक्षमा-Sutra News

आयोगमा एक्लिँदै महन्थ र राजेन्द्र, आफैंनिकटका अधिकांश नेताहरू उपेन्द्र यादवको पक्षमा

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद समाधानका निम्ति निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’मा अधिकांश कार्यकारिणी सदस्यहरू उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।



यसअघि महन्थ ठाकुरका पक्षमा रहेका मनिष सुमन, राजकिशोर यादव, रेणु गुरुङलगायतका नेताहरू यादव पक्षमा लागेका हुन् ।

‘पार्टी विभाजन गर्न चाहनेलाई सहयोग गर्न सकिएन, त्यसैले जसपाको पक्षमा हस्ताक्षर गरेका हौँ,’ मनिष सुमनले सञ्चारकर्मीहरूसँग भने ।

ठाकुरनिकट नेतासमेत रहेका राष्ट्रिय सभाका सदस्य मृगेन्द्रसिंह यादवले महन्थ ठाकुरहरूले किर्ते गरेको आरोप लगाएका छन् । ‘ओली प्रतिगामी हो, त्यस्तालाई साथ नदिने भनेर हाम्रो निर्णय थियो । तर महन्थ ठाकुरहरू उता लाग्नुभयो । किर्ते गर्नुभयो । त्यसैले हामी जसपाको पक्षमा उभिएका हौँ ।’ 

नेता मोहम्मद इश्तियाक राईले ५१ सदस्यीय कार्यकारिणीमध्ये ३५ जना भन्दा बढी उपेन्द्र यादव पक्षमा देखिएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट