महन्थलाई हामीले घोक्र्याएर पठाएको होइन – उपेन्द्र यादव-Sutra News

महन्थलाई हामीले घोक्र्याएर पठाएको होइन – उपेन्द्र यादव

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई घोक्र्याएर नपठाएको टिप्पणी गरेका छन् ।



पार्टी आधिकारिकता विवाद निरुपणका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका यादवले महन्थ ठाकुर आफैं बाटो बिराएर हिँडेको आरोप लगाएका छन् ।

‘हामीले उहाँलाई घोक्र्याएको होइन,’ यादवले भने, ‘आफैं बाटो बिराएर जानुभयो । हामीले मौका दिएकै हो । अध्यक्ष बनाइदिएकै हो ।’

उनले ५१ जना कार्यकारिणी सदस्यमध्ये आफ्नो पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेको दाबी गरे । ‘अहिलेसम्म हाम्रो पक्षमा ३४ जनाले सनाखत गरिसक्नुभएको छ, यो संख्या अझै बढ्छ,’ यादवले भने ।

उनले महन्थ ठाकुर पार्टीमा आउन चाहे जतिबेला पनि आउन सक्ने बताए । ‘हामीले गेटमा ताला लगाएका छैनौं,’ उनले भने, ‘हामीले खेदेका छैनौं । आत्मालोचना गरेर आए अझै पनि पार्टीमा ठाउँ छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट