एमाले माधव पक्षको स्थायी कमिटी बैठक जारी-Sutra News

एमाले माधव पक्षको स्थायी कमिटी बैठक जारी

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटीको बैठक जारी छ । बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसिरहेको हो ।



नेपाल पक्षले नेपाली काँग्रेसको सरकारलाई सहयोग गर्दै आइरहेको छ । त्यस्तै यो पक्षलाई सरकारमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवाले निम्तो गरेका छन् तर एमाले विवादका कारण सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा अझै ठोस निर्णय लिन सकेको छैन ।

एमाले विवाद कायम रहेकै बेलामा अध्यक्ष केपी शर्मा ओली पक्षले युथ फोर्स गठन गरेका छन् भने नेपाल पक्षले अखिल फोर्सको गठन गरेको छ । एमालेका दोस्रो तहका नेताहरुले एकतालाई जोगाउनका लागि युथ फोर्स र अखिल फोर्स खारेज गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट