निर्वाचन आयोग पुगे रेशम चौधरी, दुवै अध्यक्षसँग छलफल गर्दै-Sutra News

निर्वाचन आयोग पुगे रेशम चौधरी, दुवै अध्यक्षसँग छलफल गर्दै

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी आज निर्वाचन आयोग पुगेका छन् ।



यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।

आयोग पुगेपछि उनले जसपाका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेका छन् ।

उनी आयोग आएसँगै निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

जसपामा आधिकारिकता विषयमा टुंगो लगाउन निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई लागि निर्वाचन आयोग बोलाएसँगै उनी निर्वाचन आयोग गएका हुन् ।

उनी उपेन्द्र यादव पक्षको सनाखत गर्ने ठाउँमा पुगेकोले उनले उपेन्द्र यादवकै पक्षमा हस्ताक्षर गर्ने संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट