‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’-Sutra News

‘कर्णालीका सबै नागरिकलाई कोरोना खोपको व्यवस्था हुन्छ’

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताएका छन् ।



संवाद समूहद्वारा वीरेन्द्रनगरमा कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरिएको अन्तक्र्रियामा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका छन् ।

औषधि र जनशक्तिको अभावमा कर्णालीका नागरिकले सेवाबाट वञ्चित नहुने जनाउँदै मन्त्री बुढाक्षेत्रीले सबैभन्दा पहिला नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएकाले ध्यान नागरिकको स्वास्थ्यमा केन्द्रित भएको बताए ।

जनता बचाए अरु विकास विस्तारै हुने उल्लेख गर्दै उनले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहसँगसमेत सहकार्य गरेको जानकारी दिए । “नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौंँ, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं”, उनले भने । प्रदेशका विभिन्न नाकामा हेल्प डेस्कसहित आवश्यक जनशक्तिको व्यवस्था पनि गरिसकिएको मन्त्री बुढाक्षेत्रीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट