घरायसी विवादमा छोराको कुटाइबाट बाबुको मृत्यु-Sutra News

घरायसी विवादमा छोराको कुटाइबाट बाबुको मृत्यु

सोमबार, ११ साउन २०७८

सोमबार, ११ साउन २०७८

इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।



यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट